काठमाडौं– ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीको अग्रता कायमै छ। पछिल्लो मतपरिणाम अनुसार कार्कीले १४ हजार २०८ मत ल्याएर अग्रस्थानमा छिन्।
डा कार्की उनको निकटतम प्रतिस्पर्धीभन्दा ५ हजार ९८५ मतले अगाडि छिन्। तोसिमालाई नेकपा एमालेका उम्मेदवार अमृत खड्काले पछ्याइरहेका छन्। खड्काले ८ हजार २२३ मत ल्याएका छन्।
त्यस्तै, सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल भने तेस्रोमा छिन्। उनले ५ हजार ४५६ मत प्राप्त गरेकी छन्।