काठमाडौं- सरकारले आर्थिक वर्ष २०७७/७८ मा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत गरेर सबैभन्दा बढी कर तिरेका कम्पनी र व्यक्तिहरुलाई सम्मान पनि गरेको छ। स्वास्थ्यतर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सबैभन्दा बढी कर तिरेको छ।
पर्यटनतर्फ मनकामना केबुल कारले सबैभन्दा धेरै कर तिरेको छ। वस्तु व्यापारतर्फ हंसराज हुलासचन्दले सबभन्दा बढी कर बुझाएको छ । ऊर्जामूलक उद्योगतर्फ चिलिमे जलविद्युत लिमिटेडले सबैभन्दा बढी कर बुझाएको छ।नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बनेको छ।
त्यसैगरी निर्याततर्फ बढी कर तिर्ने मा शिवशक्ति उद्योग, सबैभन्दा बढी कर तिर्ने उद्योग राजेश मेटल क्राफ्ट उद्योग र कृषितर्फ सबैभन्दा बढी कर तिर्ने ओसिबी फूड रहेको छ।
सहकारीतर्फ छिमेक लघुबित्तले सबैभन्दा बढी कर तिरेको छ भने बैंकहरुमा नबिल बैँक सबैभन्दा बढी कर तिर्नेमा परेको छ। त्यसैगरी बीमातर्फ नेपाल पुनर्बीमा सबैभन्दा बडी कर तिर्ने कम्पनी बनेका छन्।