काठमाडौं- चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिक्रम पाण्डे दोब्बर मतसहित अग्रस्थानमा रहेका छन्। राप्रपा बिक्रम पाण्डे ११ हजार ७०३ मत सहित अग्र स्थानमा रहेका छन्।
पाण्डेलाई माओवादी केन्द्रका उम्मेदवार डा भोजराज अधिकारी ७ हजार ५५ मत सहित दोस्रो स्थानमा छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका जिता बरालले ६ हजार ९२७ मत प्राप्त गरेकी छन्। एमालेको समर्थन पाएका कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले ४ हजार ४५९ मत प्राप्त गरेका छन्।