काठमाडौं- रुपन्देही क्षेत्र नं ३ मा सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणको अग्रता कायमै छ। उनलाई पछ्याउँदै पूर्व स्वास्थ्यमन्त्री राप्रपाका दीपक बोहोरा दोस्रो नम्बरमा छन्।
हालसम्म खाणले १३ हजार ३५६ मत प्राप्त गरेका छन्। त्यस्तै बोहोराले ११ हजार ८८२ मत पाएका छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुप्ता तेली १ हजार ७६४ भोट सहित तेस्रो नम्बरमा छन्।