काठमाडौं- चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेको अग्रता कायमै छ। १४ हजार ४३० मतका साथ पाण्डे अग्रस्थानमा छन्।
नेकपा माओवादी केन्द्रका उम्मेदवार डा भोजराज अधिकारी ७ हजार ९९१ मतका साथ दोस्रो स्थानमा छन्। पाण्डे र अधिकारीबीच झण्डै दोब्बर ६ हजार ४३९ मतको अन्तर छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बराल ७ हजार ५४० मतका साथ तेस्रो स्थानमा छिन्।