काठमाडौं- नवलपरासी पश्चिम क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरीको अग्रता कायमै छ। उनलाई पछ्याउँदै जनता प्रगतिशील पार्टीका पूर्व स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी दोस्रो नम्बरमा छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरी तेस्रो नम्बरमा छन्।
पछिल्लो मतपरिणाम अनुसार चौधरीले १७ हजार २७९ मत पाएका छन् भने त्रिपाठीले १२ हजार ५६१ मत पाएका छन्। त्यसैगरी, ठकुरीले १० हजार ७४८ मत ल्याएका छन्।