काठमाडौं– सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतले फराकिलो अग्रता पारेका छन्। उनले निर्वतमान सांसद पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई करिब सात हजार मतले पछि पारेका छन्। हालसम्म बस्नेतले १६ हजार ६२८ मत पाएका छन् भने, तामाङले ९ हजार ८७१ प्राप्त गरेका छन्।
त्यस्तै, १ हजार ६ मत सहित राष्ट्रिय स्वतन्त्र पार्टीकी माया गुरुङ तेस्रो नम्बरमा छिन्।
२०७४ सालमा तामाङ उक्त क्षेत्रबाट निर्वाचित भएका थिए। तामाङ तेस्रो पटक जित्ने लक्ष्यसहित मैदानमा उत्रेका छन् भने बस्नेत क्षेत्र–१ छाडेर २ मा उम्मेदवार भएका हुन्।