काठमाडौं- ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीको जित सुनिश्चित भएको छ। १३ हजार मत गन्न बाँकी रहँदा नै डा कार्कीको जित सुनिश्चित भएको हो।
डा कार्की निकटतम प्रतिद्वन्दीभन्दा १३ हजार ५१३ मतले अगाडि छिन्। अब गणना हुने सबै मत डा कार्कीलाई नआउँदा पनि उनले जित्ने छिन्।
डा कार्कीले २४४६७ मत ल्याएकी छिन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले १० हजार ९५४ मत ल्याएका छन्।
सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ७ हजार ५५७ मत ल्याएकी छिन्।