काठमाडौं- पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जनताको निर्णय सबैभन्दा ठूलो हुने बताएका छन्। चितवन २ मा रवि लामिछानेलाई बधाई दिने क्रममा उनले जनताको निर्णय नै ठुलो कुरा हुने बताएका छन्।
'जनमत स्विकार्छु, रवि जीलाई बधाई छ। सबैभन्दा ठुलो कुरा जनता हुन् र जनताले विकास पाउनुपर्छ उनले भनेका छन्।'
चितवन २ मा मतगणना सकिएको छ भने रवि ३४ हजार मतान्तरले रवि अगाडि छन्। उनको जित घोषणा हुन भने बाँकी छ।