काठमाडौं–ललितपुर- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय भएकी डा तोसिमा कार्किले यो जित जिम्मेवारीको यात्राको सुरुवात भएको बताएकी छन्।
जित पश्चात पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो जितको श्रेय जनतालाई दिएकी थिईन्। 'वास्तवमा भन्नु पर्दा यो जित होईन जिम्मेवारी हो।
यो जितको सुरुवात हो। यसलाई मैले विजय जुलुसको रुपमा होईन् जिम्मेवारीको यात्राको रुपमा मनाउन चाहन्छु। मेरो जितको श्रेय सम्पूर्ण जनताहरुमा दिन चाहन्छु,' उनले भनिन्।
साथै कार्कीले सांसदले कसरी काम गर्ने भनेर अबको पांच वर्षमा आफुहरुले देखाउने समेत बताएकी छन्। उनले भनिन, 'सांसदले कसरी काम गर्नुपर्छ भन्ने कुरा अबको पाँच वर्षमा हामी देखाउँछौं। जनतासँग गरेका बाचा पुरा गर्नेछौं। मलाई निरन्तर खबरदारी गरिरहुनुहोला। हामी गलत गर्नेछैनौं।'
उनी ३१ हजार १३६ मत सहित निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत प्राप्त गरेका छन्।
२०७४ को निर्वाचनमा यस क्षेत्रबाट पम्फा भुसाल निर्वाचित भएकी थिइन्। तर यसपटक भने उनी ८ हजार ७६९ मत सहित तेस्रो स्थानमा रहन पुगिन्।