काठमाडौं– सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा सुरुवातमा पछि देखिएका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतोले अग्रता लिएका छन्।
पछिल्लो मतगणनाको परिणाम अनुसार महतो प्रतिस्पर्धी महेन्द्र राय यादवभन्दा १४० मतले अगाडि देखिएका छन्।
नेपाल समाजवादी पार्टीका अध्यक्ष राय माओवादीको चुनाव चिह्नबाट उम्मेदवार बनेका छन्। निर्वाचन अधिकृतको कार्यलयले सार्वजनिक गरेको मतगणनाको परिणाम अनुसार लोसपा नेता महतोले ८ हजार ८ सय ९० मत ल्याएका छन् भने नेसपाका नेता रायले ८ हजार ७ सय ५० मत ल्याएका छन्।