काठमाडौं- नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या १० प्रतिशतले घटेको पाइएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ (एनडिएचएस) ले गएको पाँच वर्षमा पूर्ण स्तनपान गराउने आमाको संख्या १० प्रतिशतले घटेको पाइएको हो।
सन् २०२२ को एनडीएचएस अध्ययनले नेपालमा ५६ प्रतिशत महिलाले मात्र शिशु जन्मिएको ५ महिनासम्म पूर्ण स्तनपान गराउने गरेको देखाएको हो। यसअघि पाँच वर्ष पहिले यो संख्या ६६ प्रतिशत थियो।
नेपालमा पूर्ण स्तनपान गराउने महिलाको संख्या वर्षेनी घट्दै गइरहेको एनडिएचएसको अध्ययनले देखाउँछ। सन् १९९६ मा ७५, २००१ मा ६८, २००६ मा ५३, २०११ मा ७०, २०१६ मा ६६ प्रतिशत रहेको यो संख्या सन् २०२२ मा ५६ प्रतिशतमा झरेको हो।