काठमाडौं– प्रतिनिधि सभाअन्तर्गत पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट बिनोद चौधरी विजयी भएका छन्।
नेपाली कांग्रेसका चौधरीले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई पराजित गरेका हुन्।
उनले पूर्व स्वास्थ्यमन्त्री त्रिपाठीलाई ७ हजार १८७ मतले पराजित गर्न सफल भएका छन्।
चौधरीले २९ हजार ४९५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरेका छन्।
यस क्षेत्रमा ८४ हजार २२९ मत खसेको थियो।