काठमाडौं- बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अच्युत मैनाली विजयी भएका छन्। उनले पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गरेका हुन्।
अन्तिम मतपरिणाम अनुसार पूर्व स्वास्थ्यमन्त्री चौधरी भारी मतान्तरले पराजित भएका हुन्। चौधरीले ३० हजार ५६ मत ल्याएका छन्। विजयी उम्मेदवार मैनालीले ३९ हजार १९५ मत ल्याएर जित निर्वाचित भएका हुन्।
रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत ल्याएका छन्।