काठमाडौं- मोरङ ३ मा नेपाली कांग्रेसका सुनिल शर्माको अग्रता कायमै छ। उनलाई पछ्याउँदै एमालेका पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल दोस्रो नम्बरमा छन्।
शर्माले अहिलेसम्म ४३ हजार १६५ मत ल्याएका छन् भने ढकालले २२ हजार ५९३ मत प्राप्त गरेका छन्।
त्यस्तै राप्रपाकी रेखा थापा ९ हजार ९३९ मतसहित तेस्रो नम्बरमा छिन्।