काठमाडौँ- नेपाल मेडिकल काउन्सिलले आज विशेषज्ञ डाक्टरहरुको नाम दर्ता (लाइसेन्स) परीक्षा लिदैँछ। पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थान पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हुन लागेको विशेष परीक्षामा ४७९ जना डाक्टर सहभागी हुँदैछन्।
काउन्सिल रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार आजको परीक्षामा ४५ विधाका डाक्टर सहभागी हुँदैछन्।
परीक्षा दुई सिफ्टमा हुँदैछ। विहान १० देखि १२ बजेसम्म विभिन्न २० विषयमा विशेषज्ञ हासिल गरेका डाक्टरहरुले परीक्षा दिदैैछन्। दिउसो साढे २ बजे देखि साढे ४ बजेसम्म अरु २५ विषयका विज्ञ डाक्टरहरुले परीक्षा दिदैछन्।
काउन्सिलले हरेक वर्ष तीन पटक विशेषज्ञ डाक्टरको लाइसेन्स परीक्षा लिने गरेको छ। यो परीक्षा पास गरेपछि विशेषज्ञ डाक्टरको उपाधि प्राप्त गर्नेछन्।