काठमाडौं– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा मतगणनाको सुरुवातदेखि नै गृहमन्त्री तथा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार वालकृष्ण खाण र नेकपा एमाले समेतको समर्थनमा राप्रपाका उम्मेदवार दीपक बोहराबीच प्रतिस्पर्धा छ।
मतगणना जारी रहँदा २ जना उम्मेदवारले एकले अर्कोलाई उछिन्ने क्रम चलिरहेको छ। पछिल्लो समय राप्रपाका उम्मेदवार पूर्व स्वास्थ्यमन्त्री बोहराले अग्रता कायम राखेका छन्।
एमालेको सर्मथन पाएका बोहोराले २७ हजार १४२ मतसहित अग्रता लिइरहेका छन्। गृहमन्त्री खाण भने ५७७ मतले पछाडि परेका छन्।
गृहमन्त्री खाणले २६ हजार ५६५ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका जित बहादुर गुप्ता तेलीले ४ हजार ६६६ मत ल्याएका छन् भने नागरिक उन्मुक्ति पार्टीका तुल्सी प्रसाद थारुले १ हजार ७३० मत ल्याएका छन्। यस्तै, जनमत पार्टीका प्रमोद कुमार राउतले १ हजार ५८ मत ल्याएका छन्।