काठमाडौं- मधुमेह सचेतना महिना नोभेम्बर उत्तरार्धमा छ। यसै अवसरमा देशमा मधुमेह सम्बन्धी विभिन्न कार्यक्रम गरिएका छन्। राजधानीको फ्रन्टलाइन अस्पतालले पनि मधुमेह सचेतना महिनाकाे अवसरमा पैदल यात्राको आयोजना गरेकाे छ।
अस्पतालका कर्मचारीले बिहान ७ बजेदेखि ९ बजेसम्म साढे तीन किलोमिटर पैदल यात्रा गरेका छन्। फ्रन्टलाइन अस्पतालका सीईओ सुरेश कुमार मनोहरले मधुमेह सचेतना महिना भएकाले आम नागरिकमा मधुमेहबारे चेतना जगाउन पैदल यात्रा गरेकाे बताए।
अधिकारीहरु भन्छन्- 'मधुमेहका बिरामी हरेक घर परिवारमा भेटिने अवस्थासम्म आइपुग्दा पनि यस रोगसम्बन्धी जनमानसमा रहेको चेतनाको स्तर खासै उपयुक्त देखिदैन। अझै पनि धेरै मान्छेहरुमा मधुमेह रोगप्रति आ-आफ्नै पूर्वाग्रही धारणा रहेका छन्।' स्वयं मधुमेहका बिरामीले पनि यस रोगको बारेमा पर्याप्त जानकारी र परामर्श नपाएको हो कि भन्ने महसुस भएको उनले बताए।