काठमाडौं- चितवन क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डे अग्रस्थानमा छन्।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत चितवन क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डे २७१०३ मत ल्याई अग्रस्थानमा छन्।
निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार डा भोजराज अधिकारी १८७५१ मतका साथ दोस्रो स्थानमा छन्।