ललितपुर—स्टार अस्पतालले मुटु रोगका बिरामीहरुका लागि निःशुल्क ओपीडी सेवा संचालनमा ल्याएको छ। अस्पतालका सिइओ डा सन्देश जिसीकाअनुसार मुटुरोग तथा मुटुसँग सम्बन्धित समस्या भएका बिरामीहरुका लागि स्टार हस्पिटलले निःशुल्क ओपिडी संचालनमा ल्याएको हो।
अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा आनन्द जिसीबाट हरेक शुक्रबार बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सो सेवा उपलब्ध हुने उनले जानकारी दिए। निःशुल्क ओपिडी सेवा लिएका बिरामीहरुका लागि थप परीक्षण गर्नु परेमा र औषधीमा विशेष छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ।