काठमाडौं– सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पछाडि परेका छन्।
पछिल्लो मतगणनाको परिणाम अनुसार महतो प्रतिस्पर्धी महेन्द्र राय यादवले १५ हजार १०६ मत पाएका छन्। महतोले १४ हजार ६१ मत पाएका छन्।
नेपाल समाजवादी पार्टीका अध्यक्ष राय माओवादीको चुनाव चिह्नबाट उम्मेदवार बनेका छन्।