काठमाडौं- प्रतिनिधि सभा सदस्यका लागि महोत्तरी क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा होमिएका पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव ठूलो मतान्तरले पछाडि परेका छन्।
जनता समाजवादी पार्टी नेपालका उम्मेदवार डा यादव नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र कुमार रायभन्दा पछाडि परेका हुन्। रायले २५ हजार ४२० मत ल्याएका छन् भने डा यादवले २१ हजार २९६ मत ल्याएका छन्।
डा यादव चिकित्सा पेशा छाड्दै पाँच वर्षअघि राजनीतिमा आएका हुन्। तत्कालिन समयमा जित हासिल गरेका डा यादव स्वास्थ्य राज्यमन्त्रीसम्म भए। तर यसपटक भने उनी निरन्तर पछाडि परेका छन्।