काठमाडौं - महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ मा पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलको अग्रता कायमै छ। पूर्व स्वास्थ्यमन्त्री पोखरेल १९ हजार ६२८ मतका साथ अग्रस्थानमा छन्।
नेकपा एमालेका लक्ष्मी महतो कोइरी १८ हजार ४२१ मतका साथ उनलाई पछ्याइरहेका छन्। पूर्व स्वास्थ्यमन्त्री पोखरेल र कोइरीबीच १ हजार २०७ मतको अन्तर छ। स्वतन्त्र उम्मेदवार पोषणबहादुर थापा ५ हजार ५६ मतका साथ तेस्रो स्थानमा छन्।