काठमाडौं - रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराको अग्रता कायमै छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं पूर्व स्वास्थ्यमन्त्री बोहरा ३३ हजार ६४५ मतका साथ अग्रस्थानमा छन्।
नेपाली कांग्रेसका बालकृष्ण खाण ३१ हजार ६०६ मतका साथ उनलाई पछ्याइरहेका छन्। बोहरा र खाणबीचमा २ हजार ३८ मतको अन्तर छ। राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुप्ता तेली ५ हजार ५३६ मतका साथ तेस्रो स्थानमा छन्। रुपन्देहीको पाँच वटा निर्वाचन क्षेत्रमध्ये ३ नम्बर बाहेक चार वटाको नतिजा आइसकेको छ।