काठमाडौं - पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २९८ जनाको पीसीआर परीक्षणका क्रममा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा २९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ८८ हजार ५५८ पुगेको छ। देशभर हाल २९८ जना सक्रिय संक्रमित छन्।