काठमाडौं- पछिल्लो २४ घण्टामा ८ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जासंख्या मन्त्रालयले दिएको विवरण अनुसार ६१५ पीसीआर परीक्षण गर्दा ८ जनालाई कोरोना देखिएको छ।
त्यसैगरी १०३७ एन्टिनेज परीक्षण गर्दा २ जनालाई संक्रमण पुष्टि भएको छ। २४ घण्टामा जम्मा परीक्षण १६५२ भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसमा एसएमएस र इमेलबाट आएका एन्टिनेज परीक्षणको विवरण समेत समावेश भएको जानकारी मन्त्रालयले दिएको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन।