काठमाडौं- औषधि व्यवस्था विभागले इथालेन ग्लाईकोल र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधिहरु उत्पादन तथा बिक्री वितरण नगर्न औषधि उत्पादक, आयातकर्ता तथा विक्री बितरकहरुलाई निर्देशन दिएको छ।
बालबालिकाहरुका लागि प्रयोग हुने कतिपय झोल औषधिहरुमा यी दुई विषाक्त रसायन मिसिएको हुन सक्ने भन्दै त्यसको एकीन गरेर मात्रै विक्री वितरण गर्न निर्देशन दिएको हो।
जाम्बिया तथा इन्डोनेसिया लगायतका देशहरु यहि रसायन मिसिएको औषधि खाँदा थप्रै बच्चाहरुको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको थियो। डब्लुएचओको रिपोर्टमा यी विषाक्त रसायनयुक्त मिसावटका कारण बच्चाहरुको मिर्गौलामा गम्भीर प्रतिअसर दुुष्प्रभाव भई मृत्यु भएको दावी गरिएको छ।
