काठमाडौ- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी) का विभिन्न शैक्षिक कार्यक्रमहरूका लागि एकीकृत प्रवेश परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ। परीक्षा आगामी पुस २ देखि ४ गतेसम्म संचालन हुनेछन्।
परीक्षा सुरू हुने मितिभन्दा पाँच दिन अघिदेखि परीक्षार्थी स्वयमले अनलाइन माध्यमबाट आफ्नो प्रवेश पत्र प्रिन्ट गर्न सक्नेछन्।
परीक्षाहलमा प्रवेश गर्न परीक्षार्थीले नेपाली नागरिकताको (प्रमाणपत्र सक्कल),विदेशी परीक्षार्थीको हकमा पासपोर्ट र निजले अनलाइन आवेदनसंग पेश गरेको सक्कलै कागजात लिएर आउनुपर्नेछ।
यस्तो छ कार्यतालिका