काठमाडौं- मिस नेपाल अर्थ डा सरिसा श्रेष्ठले इको भिडियो सबटाइटलमा एसियामै सर्वोत्कृष्ट उपाधि प्राप्त गरेकी छन्। हिजो फिलिपिन्सको राजधानी मनिलामा आयोजित ग्राण्ड फिनालेमा उनले उक्त उपाधि प्राप्त गरेकी हुन्।
सरिशाले इको भिडियोमा नेपालको वातावरणीय चुनौति र हिमाल पग्लिएको मुद्दा उठाएकी थिइन्।
मिस अर्थ २०२२ को उपाधि भने दक्षिण कोरियाकी मीना स्यू चोइले जितेकी छन्। हिजो फिलिपिन्सको राजधानी मनिलामा आयोजित ग्राण्ड फिनालेमा पूर्वमिस अर्थ डेस्टिनी वेंगरले ताज लगाइदिइन्।