काठमाडौँ- लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। यो संगै नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ६२ जना संक्रमितको मृत्यु भएको हो।
त्यसैगरी ५३ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको छ।
देशभर डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन पनि सबैमा आग्रह गरिएको छ।