काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा अध्य्ययनरत विद्यार्थीहरुको साझा चौतारीको रुपमा रहेको परिक्रमा विद्यार्थी परिवारको आयोजनामा 'सेम्पोजियम कम टक सो' सुरु भएको छ।
मंसिर १६ र १७ गते संचालन हुने उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त व्यक्तिहरुको सहभागिता छ।
केहि नयाँ वैचारिक विमर्श गरेर समग्र चिकित्सा क्षेत्र तथा मानवीय जीवन विचार र पद्धति जस्ता फरक विषयलाई एकै रथको दुइ पांग्रा बनाएर कसरी अगाडि लैजान सकिन्छ भन्ने कुरालाई ठोस निचोडसम्म लैजाने कार्यक्रमको उदेश्य छ।
कार्यक्रममा नेपालको पहिलो महिला स्वास्थ्य सचिव डा सुधा शर्मा, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिसिनका डिन प्राडा राजेन्द्र कोजु, मदन पुरस्कार २०७८ बाट सम्मानित साहित्यकार तथा पत्रकार डा नवराज लम्साल, उद्योगपति भवानी राणा, नेपाली सिने जगतका चर्चित निर्देशक अनुप बराल र कलाकार दिया मास्के, प्राडा नरेन्द्र भट्ट, प्राडा चन्द्र शेखर अग्रवाल, प्राडा संगिता भण्डारी, डा ज्ञानेन्द्र मान सिंह कार्की, साहित्यकार सुमन पोख्रेल, कवि सुदीप पाख्रीन, डा सत्यदीप भट्टाचार्य, डा विशाल ढकाल, डा आशिष श्रेष्ठ, डा गरिमा श्रेष्ठ, शिलशिला आचार्य, स्वास्थ्य खबर पत्रीकाका सम्पादक प्रविण ढकाल लगायतको सहभागिता रहनेछ।