काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर जम्मा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २४ घण्टामा थप १ हजार ३८८ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १०८ रहेको छ। थप ८ हजार ४६४ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन्।