काठमाडौं- ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिध सभा सदस्यमा निर्वाचित डा तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी छिन्। डा कार्कीले सांसद निर्वाचित भएपछि काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी हुन्।
काउन्सिलका अनुसार डा कार्कीले आइतबार काउन्सिलमा राजीनामा बुझाएकी हुन्।
निर्वाचन अघि काउन्सिलको सदस्य पद लाभको हो वा होइन भन्ने विषय विवादमा परेको थियो। निर्वाचनले आयोगले यही आधारमा उनको उम्मेदवारी समेत खारेज गरेको थियो। तर सर्वोच्च अदालतले डा कार्कीको पक्षमा फैसला गर्दै उम्मेदवारी कायम गरेको थियो।
यही विवादका कारण डा कार्कीको चर्चा थप चुलिएको थियो। डा कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचन जितेकी हुन्।