काठमाडौं- सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ओपन हार्ट सर्जरी (मुटु खोलेर गरिने शल्यक्रिया) गर्नेको संख्या २० हजार पुगेको छ। केन्द्र स्थापना भएदेखि हालसम्म २० हजार जनाको मुटुको शल्याक्रिया भएको केन्द्रले जनाएको छ।
ओपन हार्ट सर्जरी गर्नैको संख्या २० हजार पुगेको उपलक्ष्यमा अस्पतालले सोमबार अस्पतालमा केक काटेर सार्वजनिक जानकारी दिएको छ।
२०५२ सालमा स्थापना भएको गंगालालमा पछिल्लो समय सेवा विस्तार हुँदै गइरहेको छ। केन्द्रमा वार्षिक ७० हजारभन्दा बढीले बहिरंग (ओपिडी) सेवा लिँदै आएका छन्। गंगालालमा २०५५ साल पुस १५ गतेदेखि मुटु रोगको बहिरंग सेवा सुरु भएको थियो।