काठमाडौं- चाबहिलस्थित चुच्चेपाटीमा सुविधासम्पन्न मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक सञ्चालनमा आएको छ। चुच्चेपाटीमा रहेको दाम्पा कम्प्लेक्समा बिहीबार कलाकार दिपाश्री निरौला, आकाश श्रेष्ठ र बेनिसा हमालले क्लिनिकको सुरुवात गरे।
क्लिनिकले कपाल प्रत्यारोपण, चाया, पोतो, डन्डिफोर, कोठी, मुसा, एलर्जी, चाउरीपन, नङ, कपाल सम्बन्धी सम्पूर्ण रोग, दाद, कालोपोतो मोटोपन घटाउने र लेजर सेवा तथा सम्पूर्ण छाला यौन सम्बन्धी रोगहरुको सेवा दिने उद्देश्यले खोलिएको क्लिनिकका अध्यक्ष सागर भुसालले बताएका छन्।
आर्थिक अवस्था कमजोर भएका ग्राहक आएमा उनीहरुको ल्याकत अनुसार विशेष छुट दिने व्यवस्था मिलाएको पनि अध्यक्ष भुसालले बताए।
क्लिनिकमा उपचार तथा परामर्शका लागि डा. मोहन भुसाल, डा. एलिसा भट्टराई र डा. सन्देश मास्केले सेवा दिने छन्।