काठमाडौं- काठमाडौं महानगरपालिकाले फोहर न्यूनीकरण अभियान सुरू गरेको छ।
महानगरपालिकाकाले घरबाट निस्कने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन सहुलियत दरमा कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो।
महानगरले फोहर न्यूनीकरणका लागि यस्तो अभियान थालेको जनाएको छ।
महानगरको वातावरण विभागले सूचना जारी गर्दै फोहर न्यूनीकरणमा सहयोगका लागि बिन वितरण गर्न लागिएको भनेको छ।