काठमाडौं- पोखरा-११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ।
मुटुसम्बन्धी बिरामी भएर भर्ना भएकी छोरीलाई भेट्न गएकी पोखरा-१८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार धनसरीकी छोरी पूर्णकुमारी केही दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मणिपालमै उपचाररत थिइन्।
६५ वर्षीय धनसरीले छोरी भेट्न सिँढी उक्लने क्रममा लडेर मृत्यु भएको हो। घटनापछि आफन्तले अस्पतालमा नाराबाजी गरेका छन्।