काठमाडौं- नेपाल चिकित्सक संघको निर्वाचनको लागि मनोनयन सुरु भएको छ। आगामी माघमा हुने निर्वाचनका लागि मनोनयन सुरु भएको हो।
संघको केन्द्रीय कार्यकारिणी समितिका लागि एक अध्यक्ष, एक वरिष्ठ उपाध्याक्ष, ७ उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्ष, ६ सदस्य गरी १९ जना र संघको परिषद् सदस्य ६० जनाको लागि निर्वाचन हुँदैछ।
संघको अध्यक्षमा प्रजातान्त्रिक समूहबाट अध्यक्षमा अनिलबिक्रम कार्कीले उम्मेदवारी दिँदै छन्। प्रजातान्त्रिक समूहको बैठकले डा कार्कीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो।
प्रजातान्त्रिक समूहबाट डा कार्कीसँगै डा भूपेन्द्र बस्नेत र डा बद्री रिजाल पनि आकांक्षी थिए। उक्त समूहबाट महासचिवको पनि टुङगो लागेको छ। महासचिवमा डा सञ्जिव तिवारीले उम्मेदवारी दिने भएका छन्।
महासचिवमा डा विश्वराज दवाडी र डा प्रकाश बुढाथोकी पनि आकांक्षी थिए।
एमाले निकट चिकित्सकहरुको संगठनबाट अध्यक्षमा डा सन्तोष पौडेल र महासचिवमा डा रक्षा श्रेष्ठलाई उठाउने तयारी छ भने बाँकी पदमा को उम्मेद्धार बन्ने भन्ने विषयमा टुंगो लागेको छैन।