काठमाडौं- डा लिजन महर्जन नेपाल चिकित्सक संघको सह-सचिव पदमा निर्विरोध निर्वाचित हुने भएका छन्। आशन्न निर्वाचनका लागि आज भएको उम्मेद्धारी दर्ता प्रक्रियामा उनको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुने भएका हुन्।
संघको वरिष्ठ उपाध्यक्ष र सहकोषाध्यक्ष पनि निर्विरोध निर्वाचित हुने भएका छन्।
वरिष्ठ उपाध्यक्षमा डा वद्री रिजाल र सह-कोषाध्यक्षमा डा विक्रान्त ढकालको एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्।
संघको निर्वाचन माघमा हुने छ। माघको पहिलो साता उपत्यका बाहिर र तेस्रो साता काठमाडौं उपत्यकामा मतदान हुनेछ।