काठमाडौं- चिकित्सा शिक्षा विषयको पाठ्यक्रममा अपांगतामैत्री सेवा प्रदान गर्न आवश्यक पर्ने सीप सम्बन्धी विषयवस्तु समावेश गरिने भएको छ।
सोमबार काठमाडौँमा एक कार्यक्रम बीच सार्वजनिक गरिएको अपांगता मैत्री सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा संचालन निर्देशिका-२०७९ मा उक्त कुरा उल्लेख गरिएको छ।
निर्देशिकामा 'चिकित्सा शिक्षा विषयको पाठ्यक्रममा अपांगतामैत्री सेवा प्रदान गर्न आवश्यक पर्ने सीप सम्बन्धी विषयवस्तु समावेशगर्नु पर्नेछ। नेपाल सरकार, प्रदेश सरकारले प्रदान गर्ने तालिमको पाठ्यक्रममा अपांगतामैत्री सेवा प्रदान गर्न आवश्यक पर्ने सीप सम्बन्धी विषयवस्तु समावेश गरिनेछ,' भनिएको छ।