काठमाडौं- टोखा नगरपालिका अवस्थित तिलिङटार मावि धापासीको ६१ औँ वार्षिक उत्सवको अवसरमा तिलिङटारमा ग्रीनलाईफ हेल्थ केयर, विपि कोइराला लायन्स नेत्र अध्ययन केन्द्र र धापासी स्वास्थ्य चौकीको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ।
सो शिविरमा प्राविधिक सहयोग प्रदान गरेको ग्रीनलाईफ हेल्थ केयरका तर्फबाट वीर अस्पतालका वरिष्ठ फिजिसियन डा विभान्त शाह, राष्ट्रिय ट्रमा सेन्टरका हाडजोर्नी विशेषज्ञ डा क्षितिज सापकोटा, कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञहरू डा बिप्लव घिमिरे, डा राजकुमार बिक र डा विनेष थपलिया, वीर अस्पतालकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा सजना श्रेष्ठ, कान्ति बाल अस्पतालका छालारोग विशेषज्ञ डा अनुप पण्डित, ग्रीनलाइफ हेल्थकेयरका वरिष्ठ दन्तचिकित्सक डा सरिता ढकाल र डा अनुजा पाण्डे, हाडजोर्नी विशेषज्ञ डा रोशन भट्टराई, फिजिसियन डा विजय शाह र नाक कान घाँटी रोग विशेषज्ञ डा सजिश खड्की लगायतले सेवा प्रदान गरेका थिए।
त्यस्तै विपि कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको टिमले आँखा सम्बन्धी सेवा प्रदान गरेको थियो। शिविरमा धापासी स्वास्थ्य चौकीमा निःशुल्क रक्त परीक्षण, निःशुल्क औषधि वितरण, परामर्श लगायत ग्रीनलाईफ हेल्थ केयरले प्रदान गर्ने अन्य सेवामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको थियो।
शिविरमा बालरोग विभागबाट ३७ जना, प्रसूति तथा स्त्रीरोग विभागबाट ४० जना, नेत्र रोग विभागबाट ९१ जना, हाडजोर्नी विभागबाट ८२ जना, नाक कान घाँटी रोग विभागबाट ७३ जना, दन्तरोग विभागबाट ४३ जना, छालारोग विभागबाट ३१ जना र फिजिसियन सँग ८१ जनाले सेवा लिएको ग्रीनलाईफ हेल्थ केयरका प्रमुख कार्यकारी अधिकृत डा रोशन भट्टराईले जानकारी दिए।