काठमाडौं- धुम्बाराही काठमाडौंमा अवस्थित ह्याम्स अस्पतालमा ५ सय भन्दा बढीको मुटुको धड्कन सम्बन्धी रोगको ईलेक्ट्रोफिजियोलोजिकल स्टडी तथा रेडियो फ्रिक्वेन्सी एब्लेसन र पेसमेकर द्वारा सफल उपचार गरिएको छ।
यो सेवा सुरु भएको लगभग तीन वर्षमा अस्पतालमा ५ सय भन्दा बढीको ईलेक्ट्रोफिजियोलोजिकल स्टडी तथा रेडियो फ्रिक्वेन्सी एब्लेसन र पेसमेकरद्वारा सफल उपचार उपचार गरिएको हो।
५ सय भन्दा बढीको जनाको मुटुको गडबडी भएका यस्ता बिरामीको उपचार पूरा गरिएको उपलक्ष्यमा अस्पालमा आयोजित एक कार्यक्रममा अस्पतालका अध्यक्ष रामशरण भण्डारीले यो खुसी अस्पतालको मात्र नभएर यो सेवा लिएर स्वस्थ्य जीवन विताइरहेका हाम्रा विरामीहरुको लागि पनि भएको बताए। उनले यति छोटो समयमा ५
सय भन्दा बढी विरामीको मुटुको चाल सम्बन्धी रोगको उपचार सेवा गर्न पाएकोमा खुशी ब्याक्त गरे।
ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा ज्योतेन्द्र शर्मा ले लामो ईतिहास बोकेको यो अस्पताल, नया भवन र ब्यावस्थापन पछी जुन प्रगती गरेको छ, त्यसमा सम्पुर्ण टीम डाक्टर, पारामेडिक नर्स र व्यास्थापनको सहकार्यमा सफल भएको र यति छट समयमा निजि अस्पतालमा भएको यो ठूलो संख्या हो। नेपालमा सबै खाले मुटुको धड्कन सम्बन्धी रोगको उपचार गर्न सकिने अत्याधुनिक प्रविधि र स्वदेशी जनशक्ति भएको एक मात्र अस्पताल रहेको पनि जानकारी गराए।
असपतालका मुटु रोगी बिषेशज्ञ तथा इलेक्ट्रोफिजियोलोजिष्ट डा रशन राउतले प्रविधि र जनशक्तिका हिसावले पुर्ण विभाग भएको अस्पताल र यो सफलतामा पुग्न व्यावस्थापनको महत्वपुर्ण भूमिका रहेको बताए।