काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले स्वास्थ्य सेवा अन्तर्गतका पाँच जना चिकित्सकलाई ११औं तहमा बढुवा सिफारिस गरेको छ। बढुवा समितिको बिहीबार र सोमबार बसेको बैठकले १०औ तहमा रहेका विभिन्न समूह, उपसमूहका पाँच जनालाई ११औं तहमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
बढुवाका लागि सिफारिसमा पर्नेहरुमा मेडिसिन समूह जनरल मेडिसिन उपसमूह अन्तर्गत प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन पदमा डा दीपक सिग्देल, मेडिसिन समूह चेस्ट डिजिजेज उपसमूह तर्फ प्रमुख कन्सलटेन्ट चेस्ट डिजिज पदमा डा नविनप्रकाश साह र मेडिसिन समूह फरेन्सिक मेडिसिन उपसमूह तर्फ प्रमुख फरेन्सिक मेडिसिन अधिकृत पदमा डा वीरेन्द्रकुमार मन्डल छन्।
यसैगरी, सर्जरी समूह, जनरल सर्जरी उपसमूह तर्फ प्रमुख कन्सलटेन्ट सर्जन पदमा डा जनार्दन पन्थी र सर्जरी समूह अर्थोपेडिक सर्जरी उपसमूह तर्फ प्रमुख कन्सलटेन्ट अर्थोपेडिक सर्जन पदमा डा भरतबहादुर खत्री बढुवाका लागि सिफारिस भएका छन्।
हेरौं सूचना