काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरोना संक्रमण पुन: बढ्न लागेको भन्दै बुष्टर डोज खोप तत्काल प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन्।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुसँगकोछलफलपछि उनले स्वास्थ्य मन्त्रालयलाई कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध गर्न निर्देशन दिएका हुन्।
हाल कोभिड १९ को संक्रमण पुनः क्रमश: बढ्न लागेको प्रकाशमा आएको । जनस्तरमा कोरोना फैलिन नदिन आवश्यक निरोधात्मक र प्रवर्धनात्मक कार्यहरु गर्ने । बुष्टर डोज खोपको लागि कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध स्वास्थ्य मन्त्रालयले गर्नुहोला।’ उनले भनेका छन्।
प्रधानमन्त्री (प्रचण्ड)ले सेवाग्राहीले सरकारी सेवा लिँदा लाइनमा लागी, सास्ती खेप्नुपर्ने अवस्था १ महिनाभित्र अन्त्य नभए जिम्मेवार पदाधिकारीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, विभिन्न संवैधानिक तथा मन्त्रालयका सचिवहरुलाई मंगलबार निर्देशानात्मक सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने नो अब्जेक्सन सर्टिफिकेट, सरकारी अस्पतालमा बिरामीको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखिए जिम्मेवार पदाधिकारीलाई कारबाही गरिने चेतावनी दिएका हुन्।