काठमाडौँ- नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएका डा शिवजी विक्रम सिलवालको समूहले घोषणापत्र सार्वजनिक गरेको छ। दल भन्दा पेशा माथि, चिकित्सक संघमा पुस्तान्तरण सहितको रुपान्तरण भन्ने नाराका साथ उनीहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।
उनीहरुले बुधबार काठमाडौँको माईतीघर मण्डलमा भेला भएर आफ्ना अजेन्डाहरु सार्वजनिक गरेका छन्।उनीहरुले सुपरस्पेशालिटी डिग्री लिएका चिकित्सकहरुलाई सो विषयको दरबन्दी नभएका कारण आठौं तहमा करार सेवा वा लोकसेवा मार्फत काम गराएर गरिएको श्रम शोषणको अन्त्य गराउन र दक्षता अनुसारको पदमा काम गर्ने वातावरण बनाउन पहल गर्ने बताएका छन्। यस्तै सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधाको लागी पहल गर्ने, एमडी / एमएस अध्ययनको लागी १ वर्ष कार्य अनुभब हटाउने लगाएतका अजेन्डा उनीहरुले अघि सारेका छन्।
यस्ता छन् अजेन्डाहरू :
मेडिकल अफिसर सम्बन्धमा
- सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधाको लागी पहल गर्नेछौं। एउटा एप्लीकेसन बनाएर सम्पूर्ण सदस्यको विवरण रोजगारीको अवस्था बुझ्ने प्रयास गर्नेछौं।
बेरोजगारको लागी रोजगारीको व्यबस्था गर्ने छौं।
- एमडी / एमएस अध्ययनको लागी १ वर्ष कार्य अनुभब हटाउने छौं।
रेजिडेन्स डाक्टरको सन्दर्भमा :
-ड्युटी आवर, छात्रवृत्ति, थप सेवा सुविधालाई मुख्य रूपमा अगाडी बढाउने छौं।
-छात्रवृत्ति एम/डी एम/एसमा कम्तिमा आठौं तह सरह, डीएम/ एमसीएचमा नवौं तह बराबर बनाउन पहल गछौं।
- ड्युटी आवर सम्बन्धमा हाम्रो समूहले अन्तराष्ट्रिय अभ्यास सम्बन्धमा अध्ययन गर्दैछ।
- थप सेवा सुविधाका सम्बन्धमा रेजिडेन्ट एसोसिएसनसगँ छलफल गरेर उहाँहरुका मागलाई चिकित्सक संघ मार्फत सम्बोधन गर्न गराउन पहल गर्नेछौं।
- सुपरस्पेशालिटी डिग्री लिएका चिकित्सकहरुलाई सो विषयको दरबन्दी नभएका कारण आठौं तहमा करार सेवा वा लोकसेवा मार्फत काम गराएर गरिएको श्रम शोषण को अन्त्य गराउन र दक्षता अनुसारको पदमा काम गर्ने बातावरण पहल गर्नेछौं।
-चिकित्सक परिवार कल्याणकारी कोश लई प्राथमिकतामा राखेर "स्वास्थ्यकर्मि अस्पताल" खोल्न सरकार समक्ष पहल गर्नेछौं।
- चिकित्सक संघको उम्मेरदवारीको सदस्यता लागी कम्तिमा स्थायी दर्ता लिएको र पदाधिकारीको लागी चिकित्सक संघको सदस्य भएको ४ वर्ष बनाउने प्रयास गर्नेछौ।
-चिकित्सकहरुको सुरक्षा, तलब, सीप विकास र रोजगार नियुक्तिको लागि पहल गर्नेछ।
- स्नातक र स्नातकोत्तरको सीट संख्याको अनुपात मिलाउन दबाब दिनेछौं।
-लोकसेवा आयोग मार्फत स्थाई दरबन्दीको संख्या बढाउन दबाब दिनेछौं।
-मेडिकल अफिसर र रेजिडेन्टहरुको ड्युटी आवरलाई बैज्ञानिकरण गर्नेछौँ।
-देशैभरीका चिकित्सक लगायत स्वास्थ्यकर्मीहरुको निशुल्क स्वास्थ्य बिमा तथा जीवन बिमा गर्नको लागी सरकारसंग पहल गर्नेछौँ।
-
जसले औषधि प्रिस्क्रिप्शन गर्दा ट्रेड नेमको नाममा हुने गरेको कमिसनतन्त्र लाई तोड्न सामान्य नामलाई अनिवार्य लागु गर्नेछौं।
-सबै नेपालीको स्वास्थ्य अबस्थामा सुधार ल्याउन विभिन्न सरोकार निकायहरुसँग नितिगत समन्वय गर्नेछौं।
-चिकित्शा पेशा छाडेर औषधी पसल सञ्चालन गर्न चाहनेहरुलाई एमबीबीएस प्रमाणपत्र कै आधारमा नेपाल फार्मेसी काउन्सिलको परिक्षा दिन पाउने गरी व्यवस्था गर्न पहल गर्नेछौं।
- चिकित्सक संघमा थन्किएर बसेको एम्बुलेन्सलाई प्रयोग मा ल्याउने छौं।
-चिकित्सकहरु माथी भईरहेको मानसिक यातनासंग जुध्न र शान्त तथा सुरक्षित वातावरणमा काम गर्न पाउने अधिकारको प्रत्याभुती गर्न नेपाल चिकित्सक संघको सदस्यता लिनु पर्ने हो र सो को लागी लिइदै आएको मूल्य एक हजार बनाउनेछौं।
-चिकित्सा सेवा आयोगको गठन गर्न र सोही आयोगमार्फत स्वास्थयका सबै निकायमा अनुगमन नियुक्ति सरुवा बढुवा काम गर्ने गरी राजनितीक हस्तक्षेप मुक्त स्वास्थ्यक्षेत्र बनाउन पहल गर्नेछौं।
-माथि उल्लेखित सबै कार्य गर्नको लागी विभिन्न विभाग गठन गरेर पहल गर्नेछौं।
- स्वास्थ्य मन्त्रालय र काउन्सिल, शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोग,निजी अस्पताल र न्यायीक छानविन साथै सवैखाले गुनासोहरु सुन्नेछौं र सोको समाधानको लागी सरोकारवाला निकाय बिच समन्वय गरेर अगाडी बढ्ने छौं। मिलेर लडनेछौं।
संघको अध्यक्षमा डा शिवजी विक्रम सिलवाल, उपाध्यक्षमा डा अजय मिश्र, महासचिवमा डा अमृत भुषाल, सदस्यमा डा चेतन बस्नेत र डा मोहम्मद अनमुल हकले स्वतन्त्र उम्मेदवारी दिएका छन्।