काठमाडौं- नेपाल स्त्री क्यान्सर रोग समाज (गोसोन)मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार भएको गोसोनको निर्वाचनमा प्राडा गेहनाथ बरालको अध्क्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भउको हो।
उपाध्यक्षमा डा जितेन्द्र परियार, सचिवमा प्राडा गणेश दंगाल, कोषाध्यक्षमा डा स्निग्धा राई, सहसचिवमा डा विनोद अर्याल र वैकल्पिक सचिवमा डा अनु बज्राचार्य निर्वाचित भएका छन्। अध्यक्षसहित उनीहरु सबै जना निर्विरोध निर्वाचित भएका हुन्।
यस्तै कार्यसमितिमा निवर्तमान अध्यक्ष डा शीला बर्मा, पदेन सदस्य, डा ऋजुता जोशी, डा कीर्तिपाल सुवेदी, डा कविन भट्टचन र डा रमेश श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन्।
कार्यसमितिको पदावधी दुई वर्षको हुने बताइएको छ।
शनिबार नै गोसोनको दोस्रो द्धी वर्षिय वैज्ञानिक सम्मेलन पनि सम्पन्न भएको छ। महिलाको प्रजनन अंगका विभिन्न प्रकारका क्यान्सरहरु जस्तै पाठेघर, पाठेघरको मुखको क्यान्सर, डिम्बासयको क्यान्स, योनिमार्गको क्यान्सर लगायतका विभिन्न क्यान्सरको निदान, उपचार रोकथाम, स्क्रिनिङ्ग, तथा अनुसन्धान सम्बन्धी छलफल सम्मेलनमा भएको छ।
सम्मेलनमा उत्कृष्ठ कार्यपत्र प्रस्तोता दुई जनालाई पुरस्कृत गरिएको थियो। सोही अवसरमा समाजका सल्लाहकारद्धय डा विष्णुदत्त पौडेल र प्रभुराज बैद्य, संस्थापक अध्यक्ष डा अचला बैद्य साथै नेपाल प्रसूति तथा स्त्री रोग समाज नेसोगको तर्फबाट पूर्व अध्यक्ष समेत रहेकी प्रतिनिधि सभा सदस्य डा चन्दा कार्कीलाई अभिनन्दन गरिएको थियो।