काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन आजदेखि खुला गरेको छ।
यस शैक्षिक सत्रका लागि सम्पूर्ण विश्वविद्यालय, प्रतिष्ठान र अन्तर्गतका शिक्षण संस्थाहरूमा सञ्चालन हुने चिकित्सा शिक्षा स्नातक तह अन्तर्गतका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाका लागि आइतबारदेखि माघ २४ गतेसम्म अनलाइन आवेदन भर्न सकीने एक सूचनामार्फत आइतबार आयोगले जनाएको छ।
एकीकृत प्रवेश परीक्षा अनुुसार फागुन २४ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिने आयोगले जानकारी दिएको छ। २४ गते एमबीबीएस, २५ गते बीडीएस र २६ गते बीएसस्सी नर्सिङ, बीएएसएलएपी, बी पर्फुसन टेक्नोलोजी कार्यक्रमको प्रवेश परीक्षा राखिएको छ।
प्रवेश परीक्षा सबै विषयको २०० पुर्णाङ्कको हुने र परीक्षा समायवधी ३ घण्टाको हुनेछ। एकभन्दा बढी कार्यक्रमका लागि आवेदन दिने उम्मेदवारहरूले परीक्षा तालिका बमोजिम एकै समयमा परीक्षा नजुध्ने गरी आवेदन दिन सकिने आयोगले जनाएको छ। परीक्षाका लागि आवेदन शुल्क नेपालीका लागि ४ हजार र विदेशीका लागि ८ हजार तोकिएको छ।