काठमाडौं– सरकारले स्वदेशी औषधि उत्पादन तथा उपभोगमा जोड दिने भएको छ। न्यूनतम् साझा कार्यक्रममार्फत् सरकारले यस्तो घोषणा गरेको हो।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले साझा कार्यक्रम सार्वजनिक गर्दै भने, ‘स्वदेशमा उत्पादन हुने खाद्यवस्तु जुत्ता, औषधि र सिमेन्ट उत्पादन र उपभोगमा जोड दिइनेछ।’
उत्पादनका लागि विद्युत् र ऋणमा उपयुक्त सहुलियत दिने पनि घोषणा गरिएको छ। यसैगरी ‘मेकिङ नेपाल र मेड इन नेपाल’लाई समेत प्रवर्द्धन गर्नुका साथै रोजगारी सुनिश्चित हुने ठाउँमा लगानी गर्ने बताइएको छ।