काठमाडौं- काठमाडौंको पिङ्गलास्थानमा क्लिनिक नेपाल संचालनमा आएको छ। राष्ट्रिय एकता दिवसको अवसर पारेर बुधबार क्लिनिक नेपालको सेवा सुभारम्भ गरिएको हो।
संस्थापक तथा मेडिकल डाइरेक्टर डा किरणजंग कुवँरका अनुसार क्लिनिक नेपालबाट गुणस्तरीय मेडिकल सेवा दिने लक्ष्य राखिएको छ। सुपरस्पेलिस्ट चिकित्सकिय सेवा, सर्वसुलभ मेडिकल प्याकेज र होम मेडिकल सर्भिस समेत प्रदान गरिने डा कुवँरले बताए।
क्लिनिक नेपालमा गर्भावस्था, भ्रुण स्वास्थ्य, क्यान्सर केयर, बाँझोपन, पत्थरी लगायतका स्वास्थ्य सेवाहरु रहेका छन्। डा कुवँरका अनुसार घरमै पुगेर रगत लिने र अनलाईनबाट रिपोर्ट हेर्न सकिने सुविधा समेत रहेको छ।
‘नेपाल ल्याब हाउस' का प्रबन्ध निर्देशक प्राडा विदुर वस्तीले नेपाल सरकारबाट 'ए' ग्रेडको मान्यता प्राप्त ल्याब गुणस्तरीय र अब्बल रहेको उल्लेख गरे।
त्यस्तै ल्याब हाउसका प्रमुख अपरेटिङ अफिसर (सीओओ) बासुदेव घिमिरेले सेवाको गुणस्तर तथा पहुँचमा विस्तार गर्न व्यवस्थापन पक्ष लाग्ने प्रतिबद्धता व्यक्त गर्दै छिट्टै नै सिटी स्क्यान र एमआरआई सेवा सुचारु हुने जानकारी दिए।