घोराही- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक उपचारमा ‘एमइसिटी’ सेवा थप भएको छ। प्रतीष्ठानमा थपिएको यो सेवा पश्चिम नेपालमा पहिलो भएको कार्यालयका सुचना अधिकारी निशान दाजु भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार पहिले सिधै मानसीक रोगका बिरामिलाई करेन्ट लगाएर उपचार गरिदै आएको बिधिमा मोडिफाई गरेर मानसिक रोग विशेषज्ञ, एनेस्थेसीयोलोजीष्टको विशेष निगरानीमा बिरामीलाई दुखाई नै नहुने गरेर उपचार गरिने छ।
गम्भीर प्रकारका मानसिक विरामीलाई करेन्ट लगाएर गरिने उपचार पद्धतिलाई मोडिफाइ गरी बेहोश गराएर गर्ने भौतिक उपचारको पद्धति ‘एमइसिटी’ भएको र यसमा विरामीलाई दुख नहुने मनोचिकित्सा विभागका डा सञ्जीव पण्डितले जानकारी दिए।
मानसिक रोगीलाई उपचार गर्ने पद्धति औषधि र भौतिक उपचार पद्धति भएको बताउँदै उहाँले बिरामीलाई पीडा नदिएर उपचार गरिने उनले बताए।
‘इलेक्ट्रोकन्भल्सिप थेरापीमा न्यूरो केमिकल चेन्ज गर्न न्यूरो मोडुलेशन गरिन्छ। यो करेन्ट लगाएर गरिने उपचार पद्धति हो’– उनले भने– ‘मान्छेले फिल्ममा देखे जस्तो करेन्ट लगाएर भाब्रेसन दिएर यसमा उपचार हुँदैन। हामीले त मोडिफाइड इसीटी विधि प्रयोग गर्छौं।’ मुटुको इसीजी जस्तै दिमागको इइजी गर्दा आएको कम्पन मेसिनमा हेर्ने डा पण्डित बताए।
‘एमइसिटीमा विरामीलाई अपरेशन थ्रेटरमा लगेर बेहोश बनाएर मांशपेशी पनि नचल्ने बनाएपछि दिमागमा इइजी लिड लगाएर मेसिनबाट इइजी हेर्छौं’ पण्डितले भने– ‘लुम्बिनीमा भैरहवापछि। राप्ती स्वास्थ्य विज्ञा प्रतिष्ठान दाङमा यो सेवा छ।’